Ajtak News of Tarrai

Media/News Company

1:49
Maoist party ko purb sabhasadh SHIV CHANDRA PRASAD KUSHWAHA PARDHSAN GARDHAI KALAIYA MA बारा समाचार मुख्य खबर स्लाईडर कलैयामा चल्यो गोलि प्रहरी र आन्दोलनकारी बीच दोहोरो झडप कलैया, ४ असोज जनआन्दोलनको झझल्को दिने गरी सोमबार कलैयामा मानवसागर ओर्लिएको छ । कलैयाका सहित नजिकैका गाउँ गाउँबाट आएका आन्दोलनकारीहरु कलैयामा प्रदर्शन गरिरहेका छन् । यता कलैया– ५ पन्नाबाग स्थित नेकपा एमालेको जिल्ला कार्यालय र कलैया– ६ मोतिबाग पानीटंकीमा रहेको नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालय जलाउँन पुगेका आन्दोलनकारी र प्रहरी बीच दोहोरो झडप भईरहेको छ । आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले सयौको संख्यामा हवाई फायर, आश्रुग्यास प्रहार गरेको छ । प्रहरीको गोलि प्रहार तथा भागदौडमा परी ७० भन्दा बढी आन्दोलनकारीहरु घाईते भएका छन् । अहिले पनि कलैयाको भरत चौक, पन्नावाग स्थित एमाले पार्टी कार्यालय, मोतिवाग स्थित काँग्रेस कार्यालय, मछरहटा चौक लगायतका ठाउँमा प्रहरी र आन्दोलनकारी बीच दोहोरो झडप जारी रहेको छ । यसैवीच आन्दोलनकारीहरुको भिडले कलैया भरत चौक स्थित नेपाली काँग्रेसका नेता एवं सभासद राधेचन्द्र यादवको घरमा तोडफोड गर्दै आगजनी गरेका छन् । आन्दोलनकारीहरुले सभासद यादवको घरमा रहेका फर्निचर, टिभि लगायका समान निकालेर जलाएका छन् । घरका सिसा, सटर लगायत तोडफोड गरेका छन् । यसैगरी कलैया स्थित काँग्रेसकै सभासद लालबाबु सिंहको घरमा समेत तोडफोड तथा आगजनी भएको छ । त्यस्तै कलैयामै रहेका काँग्रेस सभासद फरमुल्लाह मन्सुरको घरमा तोडफोड गर्न पुगेका आन्दोलनकारी र प्रहरी बीच दोहोरो झडप भईरहेको छ । कलैयामा रहेका कोष तथा लेखा नियन्त्रण कार्यालय, कलैया नगरपालिकाको कार्यालय, मालपोत, नापी, भुमि सुधार सहितका बिभिन्न कार्यालयमा तोडफोड भएको छ । आन्दोलनकारीको आक्रोसित भिडले तोडफोड र आगजनीमा उत्रेपछि कलैयाको अवस्था तनावग्रत रहेको छ । यता आन्दोलनको समाचार संकलन गर्न पुगे पत्रकार पनि आन्दोलनकारीको निशानामा परेका छन् । आन्दोलनकारीहरुले नेपाल पत्रकार महासंघ बाराका सचिव एवं उज्यालो नेटवर्कका जयनारायण यादव, एभिन्युज टेलिभिजनका भैयाराम साह, गोरखापत्र दैनिकका शिवशंकर मिश्रा लगायतका पत्रकारलाई दुव्र्यवहार गर्नुका साथै हातपात गरेको पत्रकार महासंघका उपाध्यक्ष राकेश पाण्डेले बताए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आहवानमा भईरहेको अनिश्चितकालिन तराई मधेस बन्दको ३७ औं दिन कलैयामा आन्दोलनकारीले प्रदर्शन गर्दै तोडफोड तथा आगजनी गर्न थालेका छन् । तराई मधेसको माग नसमेटि आएको संबिधान नमान्ने भन्दै उनीहरुले प्रदर्शन
4 years ago